आतंकवादीले विश्वमा खतरा बढाएको ओबामाको भनाइ
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादीले परमाणु आक्रमणको तयारी गरेको र यसले विश्व सुरक्षमा खतरा बढाएको बताउनुभएको छ ।
अमेरिकामा भएको परमाणु सुरक्षा सम्मेलनमा राष्ट्रपति ओबामाले आतंककारीले परमाणु आक्रमणको तयारी गरेको र त्यसो भएमा यसले विश्वको मुहार नै परिवर्तन हुने सत्य रहेको बताउनुभयो ।
परमाणु आतंकलाई रोक्नका लागि ठोस कदम चाल्नु पर्नेमा उहाँले जोड दिनुभयो । सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी छन् । इस्लामिक अतिवादी संगठन आईएसले परमाणु हतियार प्राप्त गर्नु विश्व सुरक्षाका लागि ठूलो खतरा भने नरहेको ओबामाको भनाई छ ।
सम्मेलनमा विश्वका नेताले उत्तर कोरियाको परमाणु कार्यक्रम तथा रुसको अनुपस्थितिका बारेमा आवाज उठाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलनमा सहभागी हुन अस्वीकार गर्नुभयो भने पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ पनि सम्मेलनमा जानुभएको छैन ।
पाकिस्तानी प्रधानमन्त्री शरिफ लाहोर बमकाण्डका कारण सम्मेलनमा नजानु भएको बताइएको छ । परमाणु हतियार भएका दुबै देशका प्रतिनिधिको अनुपस्थितिलाई गम्भीर रुपमा लिइएको छ ।