भियतनामका प्रहरी प्रमुखबाट राष्ट्रपतिको सपथ


Vietnamभियतनाममा प्रहरी प्रमुख ट्रान दाई क्वाङले राष्ट्रपतिको शपथ लिनुभएको छ । गत जनवरीमा सम्पन्न कम्युनिष्ट पार्टीको सम्मेलनले क्वाङले राष्ट्रपतिको लागि मनोनयन गरेको थियो ।

उहाँले संसद्मा ९१ प्रतिशत भन्दा बढी मत पाउनु भएको थियो । ५९ वर्षिय क्वाङले सार्वजनिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कमजोर मानव अधिकारको रेकर्डलाई लिएर पश्चिमा मुलुकहरुले आलोचना गरेका थिए ।

क्वाङको पहिलो काम आगामी महिना अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्नु हुने बताइएको छ । भियतनामको राष्ट्रिय सभाले वर्तमान उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीमा चयन गर्दैैछ । यसअघि सभामुखमा महिला नेतृलाई चयन गरेको थियो ।

एक पार्टी व्यवस्था रहेको भियतनाममा आर्थिक सुधारलाई निरन्तरता दिने विश्वास गरिए पनि मुख्य राजनीतिक सुधारको संकेत भने नदेखिएको बताइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?