सिरियामा लडाकुका प्रवक्तासहित २० जना मारिए


siriyaसिरियामा हवाई आक्रमणमा अल कायदासँग सम्बद्ध अल–नुसरा फ्रन्टका प्रवक्तासहित २० लडाकु मारिएका छन् ।

इडलिब प्रान्तमा गरिएको हवाई आक्रमणमा अल–नुसरा फ्रन्टका प्रवक्ता अबु फिरास अल–सुरी र उनका छोरासहित २० लडाकु मारिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको हो । हवाई आक्रमण सिरियाली सेना वा रुसी सेना कसले गरेको भन्ने खुलाइएको छैन ।

अल नुसराका प्रवक्ता अबु फिरास काफार जालेस गाउँमा अरु नेतासँग बैठकमा रहेका बेला आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ । सिरियामा अहिले अल्पकालिन युद्धविराम लागु भएको छ । तर यसमा अल–नुसरा फ्रन्ट र आईएस भने सामेल छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?