मृत्युदण्ड दिने क्रम बढ्यो : एमनेस्टी इन्टरनेसनल
विश्वभर पछिल्लो वर्ष मृत्युदण्ड दिने क्रम बढेको मानव अधिकारवादी संस्था एमनेस्टी इनटरनेशनलले जनाएको छ ।
गत वर्षमात्रै विश्वभरका २५ देशमा मात्र १ हजार ६ सय ३४ जनालाई मृत्युदण्ड दिइएको र यो २७ वर्ष यताकै सबैभन्दा उच्च भएको एमनेस्टीले जनाएको हो । सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ५० प्रतिशतले बढेको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ ।
मृत्युदण्ड दिने देशमा इरान, पाकिस्तान र साउदी अरेबिया सबैभन्दा अघि छन् । विश्वमा हुने मृत्युदण्डको ८९ प्रतिशत तीनै देशमा हुने गरेको छ । गएको वर्ष इरानमा मात्रै ९ सय ७७ जनालाई मृत्युदण्ड दिइएको एमनेस्टीले जनाएको छ ।
साउदी अरेबियामा सन् २०१४ मा भन्दा २०१५ मा मृत्युदण्डको संख्या ७६ प्रतिशतले बढेको छ । एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा दिइएको मृत्युदण्ड भने समावेश छैन ।
चीनमा गोप्य रुपमा हजारौं मानिसलाई मृत्युदण्ड दिइने गरेको एमनेस्टीको भनाई छ । मृत्युदण्ड दिने देशमा चीन सबैभन्दा अघि रहेप नि गोप्प राखिने भएकाले तथ्यांक नआएको एम्नेष्टीको भनाइ छ ।