साग र बंगबन्धु कप फुटबल जित्ने खेलाडीले जनही १० लाख पाउने
साग र बंगबन्धु कप फुटबल प्रतियोगिता जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०/१० लाख पुरस्कार पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख र सागमा स्वर्ण जित्ने टोलीका प्रत्येक सदस्यलाई ५÷५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यो निर्णय अनुसार २० फुटबलरले १०/१० लाख रुपैयाँ पाउनेछन् । उनीहरु साग र बंगबन्धु दुबैमा थिए । १०/१० लाख रुपैयाँ पाउनेमा गोलकिपर विकेश कुथु, एलन न्यौपाने र अमृत चौधरी छन् ।
डिफेण्डरहरु आदित्य चौधरी, अनन्त तामाङ, कप्तान विराज महर्जन, दिनेश राजवंशी, मानबहादुर तामाङ र कमल श्रेष्छ भने भने मिडफिल्डर विक्रम लामा, विशाल राई, मेहन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी छन् । यस्तै फवार्ड अन्जन विष्ट, विमल घर्ती मगर, नवगुय श्रेष्ठ, रन्जन विष्ट, सुनिल बल र सुमन लामाले पनि १०/१० लाख रुपैयाँ पाउने छन् ।
बंगबन्धु कप मात्र खेलेकाले जङगु शेर्पा, रविन श्रेष्ठ र तेल तामाङले भने ५/५ लाख पाउने भएका छन् ।
त्यसैगरी एन्फाले सागमा उपविजेता बनेको महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई १/१ लाख दिने निर्णय गरेको छ ।