अष्ट्रेलियाका प्रधानमन्त्री र विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँ वर्षको शुभकामना


australian 1अष्ट्रेलियाका प्रधानमन्त्री मालकम ट्रनबुलले २०७३ सालको नयाँ वर्ष मनाउने सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । विश्वमै सफल बहुसंस्कृतिको अभ्यास गरिरहेको देश अष्ट्रेलियावासी भएको बताउँदै प्रधानमन्त्री ट्रनबुलले विविधतामा एकता नै अष्ट्रेलियाको विशेषता भएको बताएका हुन् ।
Prime Minsiter उनले अष्ट्रेलियामा विभिन्न क्षेत्रमा रहेर यहाँको समाजमा योगदान दिने नेपालीहरुको स्मरण गर्दै नयाँ वर्षले सबैमा सुख र सम्बृद्धि ल्याउने अपेक्षा पनि गरेका छन् ।
विपक्षी दललेबर पार्टीको पनि शुभकामना
अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता बिल सोर्टन र नागरिकता एवं बहुसंस्कृति छायाँमन्त्री मिशेर रोल्याण्डले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना दिएका छन् ।Labour1 rollandशुभकामना सन्देशमा अष्ट्रेलियावासी नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिँदै नेपाल्ीहरुको योगदानको चर्चा गरिएको छ । नेपालीहरुले व्यापार, विज्ञान, ईन्जिनियरिंग लगायतमा क्षेत्रमा गरिएको योगदानको चर्चा गरिएको छ । नेपाली समूदाय अष्ट्रेलियामा तिव्र गतिमा बृद्धि भइरहेको समूदायका रुपमा चित्रण गर्दै दोश्रो पुस्ताका नेपालीहरुले बहुसांस्कृतिक अष्ट्रेलियामा थप योगदान दिने अपेक्षा पनि शुभकामना सन्देशमा गरिएको छ । अष्ट्रेलियाको विविधता नै बल भएको लेख्दै शुभकामनामा विक्रम सम्वत २०७३ को नयाँ वर्ष मनाउने सबैमा सुख, शान्ति र सम्बृद्धि मिलोस् भन्ने कामना गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?