प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अधिवेशन मे ७ तारिखमा सिड्नीमा हुँदै
– वीरेन्द्र श्रेष्ठ (सिड्नी)
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा नयाँ वर्षको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएका चियापान कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष डा. विनोद श्रेष्ठ, पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार डा. जगदीश तिमिल्सना, राजन बस्नेत, महाधिवेशन प्रतिनिधि रमेश पाण्डे लगायत अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो भने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका वर्तमान पदाधिकारी, न्यूसाउथवेल्स राज्य समितिका नवनिर्वाचित कार्यसमिति सदस्यहरु सहितको उपस्थिति थियो । कार्यक्रममा उपाध्यक्ष सन्तोष दाहाल, महासचिव केशव जोशी लगायतले अधिवेशनका लागि भएको तयारीबारे जानकारी दिएका थिए । ओएनएफ भिक्टोरियाका अध्यक्ष लक्ष्मण श्रेष्ठले विदेशी भूमिमा पनि आफ्नो नयाँ वर्षलाई उल्लासपूर्वक मनाउन र साथीभाईबीच परिचया गर्नका लागि भेटघाट राखिएको जानकारी दिनुभयो । उक्त छलफलमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आगामी मे ७ र ८ तारिखमा सिड्नीमा सम्पन्न हुन लागेको चौथो अधिवेशनको तयारीबारे पनि चर्चा भएको थियो । स्मरणीय छ आगामी मे ७ तारिखका दिन हन्र्सवीमा अधिवेशन सम्पन्न गर्ने र ८ तारिख ग्रानभिलस्थित ग्राण्ड रोयल हलमा घोषणासभा तथा अन्तरक्रिया गर्ने योजना ओएनएफ अष्ट्रेलियाले बनाएको छ । जसका लागि नेकपा एमालेका माहासचिव ईश्वर पोखरेल आउने बताइएको छ । चौथो अधिवेशन आगामी ओएनएफ अष्ट्रेलियाको आगामी नेतृत्व समेत चयन गर्नेछ ।