जापानमा शक्तिशाली भूकम्प, ९ जनाको मृत्यु


164537.MN.0314.japanquake.1.BRV.jpg

जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ । भूकम्पमा भत्किएका संरचनामा परेर अन्य २ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

जापानको दक्षिणी क्षेत्र केन्द्र विन्दू भएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पका कारण धेरै भवन भत्किएका र भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका सरकारी अधिकारीहरुले गरेका छन् ।

भूकम्पका कारण विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । १६ हजार घरमा विजुली तथा ३८ हजारभन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्र विन्दु भएर भूकम्प गएको हो । शक्तिशाली भूकम्प गएको ४० मिनेटपछि पुनः ५ दशमलव ७ म्याग्नेच्युटको पराकम्पन गएको थियो । केही  भागमा ९ म्याग्नेच्युटको जत्तिकै असर परेको जापानी अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी घाइते भएका ४५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको र उनीहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?