जर्मनीको बेश्यालयमा प्रहरीको छापा, कर छली गरेको आरोप
जर्मनीको बर्लिनमा रहेको सबैभन्दा ठूलो बेश्यालय ब्रोथेल्समा प्रहरीले छापा मारेको छ । मानव तस्करी र कर छलीको आरोपमा प्रहरीले छापा मारेको हो । बेश्यालयमा छापा मार्न ९ सय प्रहरी पुगेका थिए ।
बेश्यालयका व्यवस्थापकले सन् २००६ देखि कर छली गरेको त्यहाँका कर अधिकारीले जनाएका छन् । ब्रोथेल्सले १७ दशमलव ५ मिलियन युरो छली गरेको बताइएको छ । त्यसैले यो छापा कर छली र मानवतस्करीविरुद्ध भएको प्रहरीले जनाएको छ ।
जर्मनीमा बेश्यावृत्तिलाई सन् २००२ देखि कानुनी मान्यता दिइएको छ । प्रायः पूर्वी युरोपका यौनकर्मी यो बेश्यालयमा काम गर्ने गर्दछन् । पछिल्लो २० वर्ष यता जर्मनीमा यौनकर्मीको संख्यामा दोब्बरले बढेर चार लाख पुगेको छ ।