५० केजी चाँदी र २० तोला सुनसहित एक भारतीय पक्राउ
सप्तरीको राजविराजस्थित रुपनीमोडबाट सोमबार अवैध सुनचाँदी सहित एक भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको कलकता घर भई हाल सिरहाको लहान नगरपालिकामा बस्दै आएका मोहम्मद मुहिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मियाँका साथबाट ५० केजी चाँदी र २० तोला अवैध सुन बरामद गरिएको प्रहरी निरीक्षक सुरज खडकाले बताउनुभयो । बरामद सुनचाँदी र अभियुक्त मुहिमलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ । रासस