भव्य म्युजिकल नाईटपछि रुपन्देही समाजको मिट एण्ड ग्रीट सम्पन्न


गत साता सिड्नीमा म्युजिकल नाईटको सफलतापूर्वक सम्पन्न गरेको अवसरमा रुपन्देही समाज सञ्जालले कलाकारहरुका साथ मिट एण्ड ग्रीट सम्पन्न गरेको छ । Rupandehi 2स्थानीय टेम्पे पार्कमा आयोजना गरिएको भेटघाटमा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्ति, संघ संस्थालाई सम्मान गरिएको थियो । रुपन्देही समाज सञ्जालका अध्इक्ष राज खनालको अध्यक्षतामा आयोजित उक्त मिट एण्ड ग्रीटको औप्चारिक सेसनमा नेपालबाट आएका कलाकारहरु आकांक्षा बस्याल र सनुप पौडेललाई बिदाई पनि गरिएको थियो । Rupandehi 1उक्त अवसरमा बोल्दै अध्यक्ष खनालले रुपन्देही समाज सञ्जालको निमन्त्रणालाई स्वीकार गरी अष्ट्रेलियामा आएर कलाकारहरुले कला, संस्कृतिको जगेर्नाका साथै संगीतको प्रबद्र्धनमा योगदान दिएकोमा धन्यवाद दिनुभएको थियो । म्युजिकल नाईटमा सहभागी हुन आएका अर्का कलाकार यम बराल भने मेलबर्नमा आयोजना गरिएको यस्तै किसिमको अर्को कार्यक्रममा सहभागी भएर नेपाल फर्कने कार्यक्रम रहेको छ । यसअघि स्थानीय क्याम्पसीको ओरियन रिसेप्सन सेन्टरमा आयोजित कार्यक्रममा सहभागीहरुले सनुप पौडेल, सुजाता उपाध्याय, यम बराल र आकांक्षा बस्यालका गीतमा मनोरञ्जन लिएका थिए । नेपालमा अनाथ, टुहुरा तथा अशक्त बालबालिकाको सहयोगका लागि आयोजित नयाँ वर्ष सांगीतिक साँझमा यम शरालले चर्चित गीत बादलुको घुम्टोले ईलाम बजार छोपिँदादेखि निष्ठुरीले छाडेर गइहालीसम्म गाउन भ्याए । rupandehi 1यसैगरी सनुप पौडेलले आफ्नो हिट नम्बर सम्झना आइदिन्छ आँखा रसाइदिन्छ, दैव हे… गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । आकांक्षा बस्यालले तिमी छौ र त माया छ लागयतका गीतमा मनोरञ्जन दिएकी थिइन् । सुजाता उपाध्याय र ईश्वर पोखरेल र सिर्जना खड्काले पनि आफ्ना प्रस्तुतिमार्फत दर्शकहरुमा अमिट छाप तोडेका थिए । यस्तै शब्दमाला नेपाली स्कुलका बालबालिकाले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । Rupandehi 2उक्त अवसरमा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका महासचिव कृष्ण गैरेले संस्थाका पदाधिकारीको परिचय गराएका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन संरक्षक ईन्द्रा वन, एनआरएनका न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल पनि अतिथिको रुपमा सहभागी भएका थिए ।

– वीरेन्द्र श्रेष्ठ (सिड्नी)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?