उत्तर कोरियाबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण


north korea

उत्तर कोरियाले पानी जहाजबाट मार हान्ने ब्यालेस्टिक मिसाइलनको परीक्षण गरेको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाले भने अहिलेसम्म यसबारेमा केही बताएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले पूर्वी तट पोर्ट अफ सिन्पोबाट स्थानीय समय अनुसार शनिबार बेलुका मिसाइल परीक्षण गरेको जनाएको छ । यो मिसाइल पानी जहाजबाट प्रक्षेपण गरिएको हुन सक्ने दक्षिण कोरियाको भनाई छ । यो परीक्षण सफल भएमा यसलाई निकै महत्वपूर्ण मानिन्छ । किनकी पानी जहाजबाट गरिने ब्यालेस्टिक मिसाइल एसएलबिएमका बारेमा पत्तालगाउन कठिन हुन्छ ।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममा ब्यालेस्टिक मिसाइल प्रयोग गर्दै आएको छ । यसको फलस्वरुप संयुक्त राष्ट्रसंघले सन् २००६ देखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदै आएको छ । यो वर्षको सुरुदेखि नै परमाणु कार्यक्रमलाई थप तीब्रता दिएपछि राष्ट्रसंघ तथा अमेरिकासहितका पश्चिमा राष्ट्रले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेका छन् । उत्तरले शनिबार बेलुका परीक्षण गरेको भनिएको ब्यालेस्टिक मिसाइलका बारेमा केही बताएको छैन । यसअघि पनि उत्तर कोरियाले यस्तै खालको पानी जहाजबाट मार हान्ने ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गरेको दाबी गरेको थियो । तर यसमा आशंका भने थियो । अहिलेको परीक्षणका बारेमा पत्तालगाउने प्रयास भइरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?