सिड्नीमा चितवन समाजको नयाँ वर्ष क्रुज पार्टी, ८ सयभन्दा बढी सहभागी


सिड्नीमा अहिलेसम्मकै सबैभन्दा बढी सहभागी भएको क्रुज पार्टीको रेकर्ड चितवन समाजको नाममा दर्ज भएको छ । cruz3हरेक वर्ष अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षमा विभिन्न संघ संस्थाले आयोजना गर्ने क्रुज पार्टीको क्रममा चितवन समाज अष्ट्रेलियाले आइतबार सिड्नीको हार्वरबाट क्रुज यात्रा सुरु गरेको थियो । साँझको समयमा अधिकांश चितवनवासी र अन्य जिल्लाका समेत गरी प्रशस्तै नेपाली समूदायको उपस्थितिमा सुरु भएको क्रुज पार्टीले अनेकतामा एकताको सन्देश दिएको संयोजक धर्मराज अधिकारीले एमएनटीभीलाई दिए । कार्यक्रमको सुरुवातमा गतवर्ष वैशाख १२ मा आएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउन पुगेकाहरुमा एक मिनेट मौन धारण गरिएको थियो । पार्टीमा सहभागी हुन गायक यम बराल र हाँस्य कलाकार राजाराम पौडेल समेत उपस्थित थिए । cruz1पौडेल पारिवारिक भ्रमणका क्रममा सिड्नीमा छन् भने बराल रुपन्देही समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना कार्यक्रममा आफ्नो प्रस्तुति दिन आएका थिए ।उनीहरुले पनि आफ्ना प्रस्तुति दर्शकहरुमाझ प्रस्तुत गरे । प्रत्यक्ष संगीतमा स्थानीय गायकहरु राजकुमार गोश्वामी, किरण भण्डारी सामी श्रेष्ठ, यश श्रेष्ठ र उत्पल भण्डारीले आफ्नो प्रस्तुत दिएका थिए भने केही मोडलहरुले जहाजकै भुईलाई र्याम्प बनाउँदै मोडलिंग समेत गरे । यसरी मोडलिंग गर्ने मोडलहरुमा सिर्जना खड्का, आभुषण ढकाल र सम्झना लामा थिए । यस्तै नेपिन्डोका कलाकारहरुले पनि विभिन्न नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । चितवन समाज अष्ट्रेलियाका अध्यक्ष बुद्धि डल्लाकोटीसहित अन्य पदाधिकारीहरुले उपस्थित सबैलाई धन्यवाद दिँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । यस लगत्तै डिजे सुशीलले क्रुजलाई घन्काएका थिए ।cruz विभिन्न नेपाली, हिन्दी र अंग्रेजी गीतका तालमा करिब चार घण्टाभन्दा बढी समुद्री किनारामा नेपालीहरु आनन्द लिइरहेका भेटिन्छ । सहभागीहरुले यस्ता कार्यक्रममा धेरै समयसम्म भेट्न नपाएका साथीहरु भेटिने भएका कारण पनि उपस्थित हुन मन लाग्ने प्रतिक्रिया दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?