सिरियामा जारी संघर्ष अन्त्यका लागि युद्धविराम गर्न ओबामाको अपील
अमेरिकी राष्ट्रपति बाराक ओबमाले सिरियामा जारी संघर्ष अन्त्य गरी युद्धबिरामका लागि पहल गर्न अपील गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ओबामाले बेलायत, फ्रान्स, जर्मनी, र इटलीका नेताहरुलाई सिरियामा युद्ध बिरामका लागि सहयोग गर्न अपील गर्नुभएको हो । यद्यपी ओबामाको अपीलप्रति ती राष्ट्रहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघी ओबामाले सिरियामा हिजो मात्रै २ सय ५० अतिरिक्त सेना सिरिया पठाउने निर्णय गर्नुभएको थियो ।
यता सिरियाको एलोप्पोमा भएको हवाई हमलामा १८ जना सर्वसाधारण मारिएका छन् भने २० भन्दा बढी घाइते भएका छन् । सिरियामा युद्ध बिरामका लागि अमेरिकाको पहलमा युद्धबिरामको पहल बारम्बार भएता पनि हालसम्म गति लिन सकेको छैन ।