सिरियाको एलेप्पोमा रकेट हमला, ३८ जनाको मृत्यु
सिरियाको एलेप्लोमा बिहीबार भएको भिडन्तमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।
एलेप्पोमा विद्रोहीले सरकार समर्थित ब्रदरहुड समूहलाई लक्षित गरी गरेको रकेट हमलामा ३८ सर्वसाधारणको मृत्यु भएको हो ।
ब्रदरहुडलाई लक्षित गरेर उनीहरुले रकेट हमला गरेको जनाएका छन् । तर त्यसमा परी कम्तीमा दुई जना बालबालिकासहित ३८ जना मारिएको
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि एलेप्पोमा भने भिडन्त भइरहेको छ ।
भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १८६ जनाको ज्यान गएको बताइएको छ ।