उत्तर कोरियाले गरेका दुई वटा मिसाइल परीक्षण असफल, स्पष्टीकरण लिने राष्ट्र संघको तयारी


north koreaप्

रतिबन्धका बाबजुद पनि मिसाइल परीक्षण गरेको भन्दै संयुक्त राष्ट्र संघले उत्तर कोरियासँग स्पष्टीकरण माग्ने भएको छ ।

उत्तर कोरियाले पछिल्लो समय पटकपटक मिसाइल परीक्षण गरिरहेको छ । शुक्रबार पनि दुई वटा मिसाइल परीक्षण गरेको छ । तर ती परीक्षण असफल भएको बताइएको छ । ३ हजार किलोमिटरसम्म मार हान्ने क्षमता भएका मिसाइलले जापानको ग्वाम द्वीपदेखि अमेरिकी क्षेत्रसम्म पुग्ने क्षमताका रहेको बताइएको छ । यसअघि पनि गत अप्रिल १५ मा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो ।

अनधिकृत रुपमा मिसाइल परीक्षण गरेको भन्दै विश्वका विभिन्न देशले विरोध गरेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । यद्यपी चीनले उत्तर कोरियाको बचाउ गर्दै मिसाइल परीक्षणले कसैलाई हानी नोक्सानी नगर्ने भएकाले आफूहरुको चिन्ताको विषय नभएको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?