ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको कार्यसमिति, कृष्ण निरौला अध्यक्ष


blacktown 1 न्यू साउथवेल्सको ब्ल्याक टाउन क्षेत्रमा बस्ने नेपालीहरुको नवगठित संगठन ब्ल्याकटाउन नेप्लीज कम्युनिटी बीएनसीको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कृष्ण निरौलाको अध्यक्षतामा कार्यसमितिको टुंगो लगाएको छ । यसअघि आयोजना गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, लेबर पार्टीकी नेतृ मिशेर रोल्याण्ड, एमपी एड हुसिक, ब्ल्याकटाउन सिटी काउन्सिलका काउन्सिलर सुसी बेन्जामिन, एनआरएन ओसेनिया क्षेत्रयि संयोजक महेन्द्र लम्साल, लगायतले नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव सन्तोष दाहाल र राधिका बानियाँले गरेका थिए । नयाँ कार्य समितिलाई निर्मल केसीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । कार्यक्रममा बालबालिकासहित स्थानीय कलाकारहरुले विभिनन सांस्कृतिक प्रस्ततिबाट उपस्थित दर्शकहरुलाई मनोरञ्जन गराउने प्रयास गरेका थिए । नेपाली पोशाकमा सजिएका उनीहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष कृष्ण निरौलाले बालबालिकाहरुका लागि नेपाली पाठशाला, नृत्य स्कुल, भिजिट भिषामा नेपालबाट आउनुभएका अभिभावकहरुको लागि अष्ट्रेलियाको कानुन संबन्धि जानकारीमुलक कार्यक्रमका साथै निःशुल्क अंग्रेज़ी भाषा कक्षा संचालन गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । blacktwon 2अध्यक्ष कृष्ण निरौलासहित अन्य पदाधिकारीमा दुर्गा बन्जाडे उपाध्यक्ष, सन्तोष दाहाल सचिव, ईश्वर ढकाल सहसचिव, सीताराम घिमिरे कोषाध्यक्ष रहेका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा विनोद दाहाल, जीवनाथ नेपाल, कल्याण कँडेल, महेश पन्त, परशुराम थापा, प्रतिज्ञा अधिकारी, रन विसी, रुपक चुडाल, समिर घिमिरे, सन्दीप सापकोटा, शैलेश शर्मा, सुवांश साह रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?