सिरियामा शान्तिको पहल गर्न अमेरिकी विदेशमन्त्रीको आह्वान


U.S. Secretary of State Kerry speaks about the Ukraine crisis after his meetings with other foreign ministers in Paris

अमेरिकाले सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहनुभएका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति नाजुक बन्दै गएको भन्दै तत्काल ठोस कदम चाल्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो ।

संयुक्त राष्ट्रसंघ र अरब लिगका प्रतिनिधीसँग भेट गर्दै विदेश मन्त्री केरीले सिरियामा हजारौं जनता भोकमरीको शिकार भएको, संघर्षका कारण घाइते भएकाहरुको अवस्था नाजुक रहेको र ब्यापार ब्यवसाय ठप्प रहेकाले तत्काल ठोस कदम चाल्न अपील समेत गर्नुभएको हो ।

एलोप्पो शहरमा जारी संघर्ष अन्त्यका लागि प्रयास जारी छ । यो शहरमा ९ दिनमा मात्रै २ सय ५० जना मारिएका छन् । सिरियाको शान्ति वार्ताबारे छलफल गर्न राष्ट्रसंघलगायत अरब लिगका प्रतिनिधीहरु जेनेभामा भेला भएका छन् । शान्ति सफल हुने सम्भावना भने कम रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?