अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको न्यू साउथवेल्स शाखा विस्तार, खरेल संयोजक
अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको न्यू साउथवेल्स शाखा विस्तार भएको छ । सुमन खरेलको संयोजकत्वमा नयाँ कमिटी बनाइएको उक्त संस्थाले एक विज्ञप्ति जारी गरी जनाएको छ । बिहीबार सिड्नीको कोग्रामा आयोजना गरिएको भेलामार्फत सर्वसम्मतिले कमिटी बनाइएको हो । कमिटीका अन्य सदस्यहरुमा प्रकाश सुवेदी, कृष्ण कार्की, श्रेयस्कर पाण्डे, एकिन्द्र भण्डारी, रुविना केसी, शान्त गुरुंग, वियान पाल, अपेक्षा सापकोटा, प्रियंका लुईंटेल, विजय सुवेदी, रमिला लामिछाने रहेका छन् । उक्त भेलाका अवसरमा नयाँ शक्ति नेपालका केन्द्रीय समिति सदस्य एवं काभ्रे संयोजक डा. भरत लामिछाने, केन्द्रीय सदस्य शरद खरेल र ओसेनिया क्षेत्रीय संयोजक समिम अनवर सहभागी हुनुहुन्थ्यो । उक्त अवसरमा बोल्दै अतिथिहरुले आगामी मे २२ तारिखमा आयोजना गरिने प्रथम राष्ट्रिय भेलाको सन्दर्भमा सबैजना केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अष्ट्रेलिया संयोजक विनोद पौडेलले न्यू साउथवेल्समै राष्ट्रिय भेला आयोजना गरिएकोले नयाँ कमिटीको काँधमा थप जिम्मेवारी आएको बताउनुभयो । न्यूसाउथवेल्स संयोजक खरेलले सबैलाई धन्यवाद दिनुभएको थियो ।