रुसद्वारा सैन्य शक्तिको प्रदर्शनी, १० हजार सैन्य स्टाफ सहभागी


Russa
रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ७१ वर्ष पुगेको अवसरमा सोमबार विशेष सैन्यपरेड गरेको छ ।

राजधानी मस्कोमा आयोजित सैन्यपरेडमा लामो दूरीको आणविक मिसायललगायत नयाँ सैन्यसामग्री प्रदर्शन गरिएका छन् ।

रेड स्क्वायरको आकाशमाथि फाइटर विमान, भारी बमवर्षक विमान र हेलिकोप्टर उडाइएका छन् ।

मार्चपासमा आतंकवादी र संगठित अपराधविरुद्ध काम गर्न गठित नयाँ नेसनल गार्डकोसमेत सहभागिता रहेको छ ।

सैन्यपरेडमा १० हजार सैन्यस्टाफ, १ सय ३५ अत्याधुनिक गाडी र ७१ विमानको प्रयोग गरिएको छ ।

नेटो गठबन्धन र युक्रेनसँगको संघर्षका कारण रुसले आफ्नो सैन्य क्षमतालाई आधुनिकीरण गर्न करोडौं डलर खर्च गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?