अमेरिकी गठबन्धन सेनाले इराकमा गरेको कारबाहीमा आइएसका एक मुख्य कमान्डर अबु वाहिव मारिए


IS Ladaku

इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमाण्डर अमेरिकी गठनबन्धन सेनाले गरेको कारबाहीका मारिएका छन् ।

इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमाण्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।

वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए । इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो ।

अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको छ । यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?