बंगलादेशको इस्लामिक कट्टरपन्थी पार्टीका नेतालाई फाँसी
बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ ।
जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रिय कारागारमा फाँसी दिइएको हो । उनलाई सन् १९७१ मा पाकिस्तानसँग स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता बिरोधी अपराधमा दोषी ठहर गर्दै फाँसी दिइएको हो ।
उनी बंगलादेशमा सन् २०१३ देखि अहिलेसम्म फाँसीको सजायँ पाउने पाँचौं नेता हुन् । यसअघिका दुई नेतालाई फाँसी दिँदा बंगलादेशभर प्रदर्शन भएको थियो ।