एनआरएनको ओसेनिया क्षेत्रीय बैठक शनिबार न्यूजिल्याण्डमा हुँदै, आइतबार सगरमाथा दिवस


गैरआवासीय नेपाली संघ एनआरएनको ओसेनिया क्षेत्रीय बैठक न्यूजिल्याण्डमा आज शनिबार हुँदैछ ।  एनआरएनए समृद्ध नेपालको सहयात्री भन्ने मूल नाराका साथ हुन लागेको यो बैठकमा नेपालको पर्यटन, शिप तथा दक्षतामा लगानी र भूकम्पपश्चातको पुननिर्माणमा NRNA Regional Meetingकेन्द्रित हुने बताइएको छ । अहिलेसम्म भएका कामहरुको समिक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीतिका विषयमा समेत यस बैठकमा छलफल गरिने एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालले एमएनटीभीलाई बताए । एनआरएन न्यूजिल्याण्डको आयोजनामा हुने बैठकमा एनआरएन आईसीसी अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्टसहितका केन्द्रीय पदाधिकारीहरु सहभागी हुनेछन् । क्षेत्रीय बैठक मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म गरिने आयोजक संस्था एनआरएन न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए । यससँगै एनआरएन न्यूजिल्याण्डले आइतबार मे २९ तारिख सगरमाथा दिवसको अवसर पारेर विशेष कार्यक्रम समेत गर्ने भएको छ । न्यूजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिंग नोर्गेले पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मरणमा हरेक वर्ष सगरमाथा दिवस मनाउने गरिन्छ । न्युजिल्याण्डमा नै मनाइने सगरमाथा दिवसको विशेष महत्व रहेको छ । सगरमाथा दिवसको अवसरमा सफल आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ । सगरमाथा दिवसमा नेपाली पर्यटनका सम्बन्धमा समेत जानकारीमूलक कार्यक्रम राखिने र नेपालको संस्कृतिको प्रबद्र्धनका लागि पनि पहल गरिने आयोजक संस्था एनआरएन न्यूजिल्याण्डले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?