चक्कु प्रहार गरी गुजरातमा तीन जनाको हत्या
भारतको गुजरातमा चक्कु प्रहार गरेर तीन जनाको हत्या भएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा भएको विवादमा चार जनाले चक्कुले हान्दा तीन जनाको हत्या गरेका हुन् ।
शनिबार राति भएको घटनामा भरत तोगडिया, बालु हिराणी र अशोक पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अश्विनी कुमार रोडमा रहेको स्थानीय व्यापारी बालु हिराणीको कार्यालयमा पैसा लिन गएका चार जनाले विवाद भएपछि कार्यालयमा रहेका चार जनालाई चक्कुले हानेको प्रहरीले जनाएको छ ।
आक्रमणमा परि एक जना घाइते भएका छन् । आक्रमणकारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।