नेपाल विकासबारे अन्तर्राष्ट्रिय नेपाली समाज मेलबर्नको बार्बिक्यू भेला


naya Shakti1सोमबार मेलबर्नमा नेपालको विकासबारे छलफल सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज मेलबर्नको अयाोजनामा स्थानीय कोबर्ग लेकमा बार्बिक्यूसहितको छलफल सम्पन्न भएको हो । छलफलमा नेपालमा विकासका लागि प्रवासी नेपालीहरुले के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नयाँ शक्ति नेपालको अन्तरिम परिषद्का केन्द्रीय सदस्य शरद खरेल प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा बोल्दै खरेलले नयाँ शक्तिको संस्थापदक सदस्य बनेर देशको विकासमा योगदान गर्ने अपूर्व अवसर आएको भन्दै प्रवासीहरुले हासिल गरेका शिप, क्षमताको देशमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । Nayashakti2अन्तर्राष्ट्रिय नेपाली समाज मेलबर्नका संयोजक श्रीकृष्ण सिलवालले सञ्चाल गर्नुभएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय डा. भक्त खड्का, ईन्जिनियर मुकुन्द सेन, व्यवसायी हरि कार्की र अरुण लम्सालले विभिन्न क्षेत्रमा दिन सकिने योगदानको चर्चा गरेका थिए । अब हामीले सहयोग होइन, देशमा लगानी गर्नुपर्दछ भन्दै यसले एउटै मात्र रोजगार सिर्जना गरे पनि यो महत्वपूर्ण हुने उहाँहरुको धारणा थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियकी प्रवक्ता रेखा न्यौपानेले महिला सहभागितालाई पनि जोड दिनुपर्ने भन्दै मेलबर्नमा देखिएको उत्साहजनक सहभागिताले सुनौलो भविष्यको संकेत गरेको बताएकी थिइन् । आगामी मे २२ तारिखका दिन सिड्नीमा गर्न लागिएको राष्ट्रिय भेलाको तयारीका विषयमा पनि उक्त अवसरमा जानकारी गराइएको थियो । भेलामा नेपालबाट नयाँ शक्तिका नेता मुमाराम खनाल प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?