३१ खेलाडिमाथि ओलम्पिकमा प्रतिबन्ध लाग्ने खतरा !


Olympic

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले विभिन्न ६ खेलका ३१ जना खेलाडीलाई प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ ।

३१ जना खेलाडीलाई रियो ओलम्पिक खेलमा प्रतिबन्ध लाग्न सक्ने आइओसीले जनाएको हो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकको ४ सय ५४ डोपिङ परीक्षण पछि आइओसीले यस्तो बताएको हो ।

आइओसीले नयाँ वैज्ञानिक तरिकामार्फत् परीक्षण गरेको जनाएको छ । आईओसीले सन् २०१२ मा लण्डनमा भएको ओलम्पिकबाट २ सय ५० नमूना परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको पनि जनाएको छ ।

आईओसीका अध्यक्ष थोमस बाचले आइओसीको यो कदम धोकेबाज खेलाडीका लागि भएको बताएका छन् । उनले कुनै पनि हालमा डोपिङ गर्ने खेलाडीलाई राहत नमिलोस् भन्नका लागि उनीहरुको नमुना १० वर्ष सम्म राख्ने पनि बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?