म्यान्युका प्रशिक्षक लुइस भान गाल बर्खास्त
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको छ । म्यानचेस्टर युनाइडेडले एफए कपको उपाधि जितेको दुई दिन पछि नै प्रशिक्षक गाललाई बर्खास्त गरेको हो । अब गालको ठाउँमा चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होले लिने छन् ।
युनाइटेडले केही दिन भित्रै मोरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्ने तयारी गरेको छ । तीन वर्षको सम्झौतामा युनाइटेड आएको गालले दुई वर्ष बिताएका छन् । नेदरल्याण्डसका पूर्व प्रशिक्षक गाल बखास्त भएपछि सहायक प्रशिक्षक अल्बर्ट स्तुइवेनबर्ग तथा गोलकिपर प्रशिक्षक फ्रान्स होएकले पनि क्लब छाडेका छन् । गालले युनाइटेडको प्रशिक्षकको रुपमा अन्तिम खेलमा टिमलाई एफए कपको उपाधि दिलाएका थिए ।
सन् २०१४ को ब्राजिल विश्वकपमा नेदरल्याण्डसलाई सेमिफाइनलसम्म पु¥याएका गाल त्यसपछि युनाइटेडको टिम सम्हाल्न आएका थिए । प्रशिक्षकको रुपमा गालको पहिलो सिजनमा युनाइटेड प्रिमियर लिगमा चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट भएको थियो । यो सिजन भने टिम पाँचौं स्थानमा रह्यो । युनाइटेडले यो सिजन मात्रै ४९ गोल ग¥यो । यो सन् १९८९–९० को सिजन पछि कै सबै भन्दा कम हो । युनाइटेड आउन लागेका मोरिन्होलाई ६ मिहना अघि चेल्सीले बर्खास्त गरेको थियो ।