म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा माउरिन्हो नियुक्त


Mauranhio

इङ्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकमा पोर्चुगिज जोसे माउरिन्होलाई नियुक्त गरेको छ । प्रिमियर लिगमा हार बेहोरेपछि क्लबले लुईस भान गाललाई बर्खास्त गरेको थियो । त्यसपछि युनाइटेडले माउरिन्होलाई क्लब जिम्मा लगाएको हो ।

विश्व फुटबलमा आफ्नो अलगै छवि बनाएका भए पनि पनि माउरिन्होको पनि निकट विगत सफलताले भरिएको छैन । यसै सिजन उनी एक असफल व्यवस्थापकका रुपमा चेल्सीबाट बर्खास्त गरिएका थिए ।

रियल मड्रिड र इन्टर मिलानजस्ता विश्वका ठूला क्लबको प्रशिक्षक भइसकेको अनुभव भएका माउरिन्होलाई कतिपयले फुटबलको सौन्दर्यको वास्ता नगरी जितमा मात्रै ध्यान दिने खराब प्रशिक्षक पनि मान्दछन् । उनको यस छवि विपरित म्यानचेस्टर युनाइटेड भने बेलायतमा सुन्दर फुटबलका लागि प्रसिद्ध क्लब हो ।

माउरिन्होले हालै पिएसजी छोडेका जाल्टान इभ्रामोविचलाई पनि म्यानचेस्टर ल्याउने प्रयास गरेको जनाइएको छ । जाल्टानले इन्टरमिलानमा माउरिन्होको खेलाडीका रुपमा खेलेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?