मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लाओसतर्फ


football-nepalमैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोली लाओस प्रस्थान गरेको छ । टोलीलाई शुक्रबार एन्फा कम्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरेर विदाई गरिएको छ । नेपालले लाओससँग आइतबार बेलुकी मैत्रीपूर्ण फुटबल खेल्ने छ । टोलीलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले जितको शुभकामना दिए ।

खेलाडीलाई माला पहि¥याउँदै विष्टले पछिल्ला दिनमा नेपाली फुटबल टिमले नेपाली नागरिकलाई खुसी दिएको भन्दै आउँदा दिनमा पनि त्यस्तै खुसी दिने गरेर खेल्न सुझाव दिए । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई खेलले चिनाउने उनले बताए ।

लाओस प्रस्थान गरेको नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथु रहेका छन् । त्यसैगरी डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन छन् भने मिडफिल्डरमा प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट र जगजित श्रेष्ठ छन् भने फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ र सुनिल बल रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा ग्योटोकु कोजी, प्रशिक्षक राजु शाक्य र व्यवस्थापक विराटजंग शाही तथा टिम डक्टर राजु डंगोल महर्जनसमेत लाओस प्रस्थान गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?