पाँच मिनेटमै दिल्ली ध्वस्त पार्ने योजनाबारे पाकिस्तानी वैज्ञानिकको खुलासा, भारत झस्कियो !


Pakistan Scientist

पाकिस्तानका एक परमाणु वैज्ञानिकले सन् १९८४ मा भारतको राजधानी दिल्ली ध्वस्त गर्ने गरी परिमाणु परीक्षणको तयारी भएको खुलासा गरेका छन् ।

पाकिस्तान परमाणु शक्ति बनेको अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्दै परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानले सन् १९८४ मै पाकिस्तानसँग परमाणु परीक्षणको सामथ्र्य भएको बताए । उनले पाकिस्तानको परमाणु परीक्षणले पाँच मिनेटभित्रै दिल्ली ध्वस्त बनाउन सक्ने बताए । तर तत्कालीन सरकारले अनुमति नदिएका कारण उक्त परीक्षण स्थगत भएको उनले बताए ।

पाकिस्तान परमाणु शक्ति बनेको अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्दै डा. खानले रावलपिन्डीको कहुटा न्यूक्लियर सेन्टरबाट भारतको राजधानी दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सकिने परमाणु शक्तिको परीक्षण त्यतिबेला पाकिस्तान सरकारको आग्रहमा रोकिएको खुलासा गरे ।

उनले भने ‘तत्कालिन राष्ट्रपति जनरल जिया उल हकले उक्त कार्यक्रम स्थगित गर्न आदेश दिए, पाकिस्तानले त्यस्तो परीक्षण गरेमा पाकिस्तानलाई दिइने विदेशी सहयोग रकम बन्द हुने भन्दै उनले यसको अनुमति दिएनन् ।’

डा. खानका अनुसार जनरल जियाको त्यो भनाईमा सत्यता पनि थियो । उनले भने, ‘त्यतिबेला सोभियत सेना अफगानिस्तानमा युद्ध गरिरहेको थियो र पाकिस्तानलाई अमेरिकी मद्दतका माध्यममा निकै ठूलो रकम प्राप्त भइरहेको थियो ।’

उनले पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र हुनुमा आफ्नो महत्वपूर्ण भूमिका रहेको पनि प्रष्ट पारे ।

पाकिस्तानी वैज्ञानिकको अभिव्यक्तिले भारत झस्किएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?