आँधी र चट्याङबाट भारतमा २४ जनाको मृत्यु


Chatang

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ ।

गत शुक्रबार रातिबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट १८ व्यक्तिको मृत्यु भएको बताइएको छ । उत्तर प्रदेशका विभिन्न भागमा आएको यस प्रकोपको कारण उनीहरूको मृत्यु भएको हो ।  त्यसैगरी उत्तराखण्डमा पनि यस प्रकोपबाट ६ जना व्यक्तिको मृत्यु भएको छ । रुखहरु जरैदेखि ढल्ने र कमजोर घरको संरचनाहरु भत्किदा ती व्यक्तिको ज्यान गएको बताइएको छ ।

गत हप्ता पनि उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङका कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो । उत्तर प्रदेशको पश्चिमी र मध्यभागमा सुरु भएको चट्याङ र आँधीबेहरीका कारण ती व्यक्तिहरूको मृत्यु भएको  थियो ।

उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेहरीबाट २३ व्यक्तिको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गएको करिब तीन दिनदेखि वर्षा पनि जारी छ । सो वार्षाका कारण बाढी पहिरोेको प्रकोप पनि देखिएको  छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?