दुर्घटनामा परेको इजिप्ट एयरको ब्ल्याक बक्सबाट संकेत पाउन थालेको फ्रान्सेली अधिकारीहरुको दाबी


Plane Crashफ्रान्सेली अधिकारीहरुले गत महिना दुर्घटनामा परेको इजिप्ट एयरको विमानमा रहेको ब्ल्याकबक्सबाट केही संकेतहरु पाउन थालिएको बताएका छन् ।

भूमध्यसागरमा ब्ल्याक बक्स खोजिमा खटिएको फ्रान्सेली जहाज ल्यापलेसले संकेतहरु पाएको हो । गत मे १० मा एयरबस ए ३२० विमान समुद्रमा खस्दा ६६ जना बेपत्ता छन् ।  फ्रान्सको पेरिसबाट इजिप्टको कायरोतर्फ जाँदै गरेको विमान एक्कासी बेपत्ता भएको थियो ।

फ्रान्सको ब्यूरो अफ इनभेस्टिगेसनमा कार्यरत एक अधिकारीले फ्लाइट रेकर्डको एक वेकनबाट संकेत प्राप्त भएको जनाएका छन् । यसले विमानको खोजी कार्य झन् यकिन साथ अघि बढ्ने भएको छ ।

फ्रान्सेली जलसेनाले समुद्रमा हराएका सामान खोज्ने र तस्बिर खिच्ने उपकरण जटित अर्को जहाज भूमध्यसागरमा ल्याउने भएको छ । दुर्घटना कसरी भयो भन्ने अझै रहस्य बाँकी छ ।

ब्ल्याक बक्स भेटिएपछि दुर्घटना के कारणले भएको रहेछ भन्ने यकिन गर्न सजिलो हुने बताइएको छ । विमानको भग्नावशेष इजिप्टको तटिय शहर अलेक्जेन्ड्रियाबाट मात्रै १ सय ८० माइल टाढा फेला परेको छ । तर विमानको खास भाग  यात्रुका शव अझै हराइरहेका छन् ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?