सोमालियामा बन्दुकधारीको आक्रमणमा दुई सांसदसहित १० जनाको मृत्यु


Somaliyaसोमालियाको राजधानी मोगादिसुस्थित एक होटलमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना सांसदसमेत छन् । बन्दुकधारीले एम्बेसडर होटलको बाहिरी गेटमा विस्फोट गराउँदै होटलभित्र परेर आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्र्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो होटलमा नेता तथा सरकारी अधिकारीहरुसमेत बस्दै आएका थिए ।

आक्रमणमा अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । हमलापछि चरमपन्थी संगठन अल–सबाबले यसको जिम्मेवारी लिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?