एडमन्डको देशमा एभरेष्ट डे र वाक फर नेपाल, संकलित रकम नेपालका महिलाको स्वास्थ्यमा खर्च गरिने


IMG_0759 IMG_0739न्यूजिल्याण्डको क्राईष्टचर्च शहर । आइतबार २९ मे का दिन एभरेष्ट डे को तयारी भइरहेको थियो । स्टेजको अघिल्तिर सर एडमण्ड हिलारी र तेन्जिंग नोर्गेको फोटोमा उपस्थित सबै पालैपालो शिर झुकाएर अभिवादन गरिरहेका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने यो जोडीमध्ये एकजना नेपालका थिए तेन्जिंग र अर्को थिए न्यूजिल्याण्डका सर एण्डमण्ड हिलारी । एडमण्डको देशमा मनाइएको एभरेष्ट डेको महत्व अर्कै थियो । अझ यस रौनकमा न्याय, अदालत र सूचना तथा प्रशारण मन्त्री एमी एडम्सको गर्विलो उपस्थितिले सबैमा उत्साह थपिएको थियो । एक दिन पहिले गरिएको एनआरएनए ओसेनिया क्षेत्रीय बैठकको भोलिपल्ट अष्ट्रेलियाका अतिथिहरु पनि बाक्लै रुपमा यस कार्यक्रममा उपस्थित थिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, क्षेत्रीय संयोजक महेन्द्र लम्साल, उपसंयोजक रमेश जोशी, प्रवक्ता रञ्जु वाग्ले, एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, एनआरएन न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलदेखि आईसीसी सदस्यहरु धर्मराज अधिकारी, केशव सापकोटा, प्रकाश जिसी र ईश्वर कुईकेल पनि अष्ट्रेलियाबाट पुगेका थिए । कार्यक्रमको उद्घाटन दिप प्रज्वलन गरेर मन्त्री एडम्सले गर्नुअघि उनीहरुलाई पञ्चकन्याले स्वागत गरेका थिए भने सेल्वेन जिल्लाका मेयर केल्भिन कोइपनि सपत्नी कार्यक्रममा सहभागी भए । यस्तै लाग्दैथियो यी दुई देशका आरोहीहरुको सम्मानमा सबैजना एकठाउँ उभिएका छन् । दुबै देशका राष्ट्रिय गानबाट अघि बढेको कार्यक्रममा कार्यक्रम संयोजक डा. भोला प्रधानले स्वागत गर्नुभयो । IMG_0786 कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री एडम्सले नेपाल र तत्कालीन ब्रिटिशको मित्रता र अहिले नेपाल र न्यूजिल्याण्डबीचको पारस्परिक सम्बन्धदेखि नेपालीहरुले न्यूजिल्याण्डको विकासमा खेलेको योगदानको पनि प्रशंसा गर्न उनी चुकिनन् । आदिवासी समूदायमन्त्रीले भिडियोबाटै आफ्नो शुभकामना दिन भ्याए भने सगरमाथाको सफल आरोहण गर्नेहरुलाई स्वयं मन्त्रीले प्रमाणपत्र दिइन् । नेपालबाटै उनीहरुलाई सगरमाथा चढेको प्रमाणपत्र पठाइएको थियो । यसपछि आफ्नो अनुभव शेयर गर्नका लागि मञ्चमा उक्लिएका मार्क ईन्गिलिशले नेपाल र नेपालीको मात्र होइन चुचरोमा पुग्दाको क्षणको वर्णन गरे । उनी दुबै खुट्टा नभएर कृत्रिम खुट्टा लगाएर सगरमाथा चढेका थिए । उनको साथमा थिए अर्का आरोही गोय कोट्टर । दुबैको नजरमा नेपालको प्राकृतिक सौन्दर्यले जति आकर्षित गर्दछ त्यसभन्दा बढी त्यहाँका सर्वसाधारणको न्यानो आतिथ्यले लोभ्याउँछ । यIMG_0822सक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, संरक्षक ईन्द्रा वनले नेपालको विकासका लागि न्यूजिल्याण्डबाट सिक्ने धेरै कुरा भएको धारणा राख्नुभयो । यहाँका हिमालका फेदसम्म पुगेका र दुई हिमालको हिउँको बीचबाट कुदेका सवारी साधनले पर्यटकहरुलाई लोभ्याइरहँदा नेपालमा भने सगरमाथा चढ्नका लागि तिरिएको रोयल्टीको समेत सदुपयोग हुन नसक्नु दुःखद भएको धारणा उहाँहरुको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु सुरु हुनुअघि एनआरएन न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जनले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । यसअघि विहान एनआरएन अध्यक्ष शेष घलेसहितको उपस्थितिमा भएको एभरेष्ट डे वाकाथनबाट संकलित रकम नेपालमा महिलाको स्वास्थ्य र शिक्षामा खर्च गर्ने जानकारी गराइएको थियो । र्यालीमा करिब १ सय ५० सहभागी थिए । एभरेष्ट डेको कार्यक्रमलाई स्थानीय मिडियाले पनि राम्रो स्थान दिएर प्रमुखताका साथ छापेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?