अभिभावकहरुको लागि एनआरएन भिक्टोरियाको पिकनिक र भ्रमण


parentअष्ट्रेलियामा नेपालीको संख्या बढ्दै जाँदा आफ्ना सन्तानलाई भेट्नका लागि अष्ट्रेलिया आउने अभिभावकहरुको संख्या पनि बढ्दो छ । अझ आफ्नो सन्तानले सन्तान प्राप्त गरेको खुशीयालीमा उनीहरुलाई साथ दिन आउने अभिभावकहरु पनि पछिल्लो समयमा बढ्दै छन् । तर, यसरी भ्रमणमा आउने अभिभावकहरुको एउटै गुनासो हुन्छ, यहाँ आएपछि घरको घरमै घुम्नै पाइएन । यसैलाई दृष्टिगत गरेर एनआरएन अष्ट्रेलियाले अभिभावकहरुको निम्ति पिकनिक आयोजना गर्ने क्रमको सुरुवात गरेको छ । सुरुमै सिड्नीमो आयोजना गरिएको अभिभावक भेलामा ७ सयभन्दा बढी सहभागी भएका थिए भने ब्रिसबेनमा गरिएको यस्तै कार्यक्रम सफल बनेपछि अब नियमित रुपमा यस्ता अभिभावक भेला र पिकनिक कार्यक्रम आयोजना गर्ने योजना सम्बन्धित राज्यसमितिहरुले बनाएका छन् । यसै मेसोमा एनआरएन भिक्टोरियाले पनि नारी निकुञ्ज, अष्ट्रेलियन नेप्लीज सिनियर सिटिजन सोसाईटी र अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसनको सहकार्यमा आगामी जुन १२ तारिखका दिन आयोजना गर्न लागिएको अभिभावक दिवस नामाकरण गरिएको यस कार्यक्रमकी संयोजक सिर्जना रायमाझीका अनुसार १२ तारिख विहान ७ः३० बजे फेडरेशन स्क्वायरमा भेला भएर टोलीले दुर्गा मन्दिरको दर्शन, बेन्डिगोको भ्रमण, बौद्ध स्तुपाको दर्शनका साथै बेन्डिगोमा सुनखानीको अवलोकन समेत गर्नेछ । पूरै दिन अभिभावकहरुलाई विभिन्न गतिविधिमा सहभागी गराउने लक्ष्य लिइएको रायमाझीले एमएनटीभीलाई जानकारी दिनुभयो । पोष्टरमा दिइएका नम्बरमा सम्पर्क गरी पहिले नै बुकिंग गरेका अभिभावकहरुलाई सहभागी गराइने जानकारी आयोजक पक्षले दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?