टर्कीमा बस दुर्घटनामा १४ को मृत्यु


Turkeyटर्कीको राजधानी स्तानबुलमा आइतबार एउटा स्कुल बस दुर्घटनामा पर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको समाचार छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा छ जना बालबालिका परेका छन् । बस सडकबाट खसेर खोँचमा परेको थियो ।

टर्कीको एक प्रसिद्ध पूरातात्विक स्थान काराटेपेबाट एक स्कुलका बालबालिका र उनीहरुका अभिभावक लिएर गइरहेको उक्त स्कुल बस सडकबाट तल खसेको थियो ।

त्यस बसका चालकले नियन्त्रण गुमाउदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो दुर्घटनाको अनुसन्धान जारी रहेको पनि बताएको छ ।

घाइते भएका बालबालिका र तिनका अभिभावकगरी २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मृतक बालबालिकाका आफन्तले चालकको लापरवाहीका कारण सो दुर्घटना भएको भन्दै छानबीनको माग गरेका छन् ।

बेल्जियमा रेल दुर्घटनामा तीनको मृत्यु, ४० घाइते

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार बेल्जियममा पनि रेल दुर्घटनामा परेको र त्यसमा यात्रा गरिरहेका तीनजना यात्रुको ज्यान गएको बताइएको छ ।

उक्त रेलमा सवार अरु ४० जना यात्रु गम्भीर रुपमा घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार बेल्जियममा हुने दुर्लभमध्येको यो एउटा दुर्घटना भएको छ ।

राजधानी ब्रसेल्सबाट पूर्वी क्षेत्रमा आइतबार गुडिरहेको रेल सो दुर्घटनामा परेको यहाँको बेल्गा समाचार समितिले जानकारी दिएको छ ।

बेल्जियम रेल सेवाका प्रवक्ताले उक्त दुर्घटनापछि उद्वारको काम भइरहेको र घाइतेलाई अस्पताल पु¥याएको जानकारी दिएका छन् । रासस÷एएफपी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?