जुन २१ मा १४ युनिभर्सिटी एकै ठाउँ ल्याउँदै एक्सपर्ट, विद्यार्थी लाभान्वित हुने
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आगामी जुन २१ का दिन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । मंगलबारका दिन विहान १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने यो फेयरमा अष्ट्रेलियाको सिड्नीमा रहेका ४ सयभन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान संस्थाले गरेको छ । आज सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका निर्देशक बद्री अर्याल र सञ्जीव शर्माले यस्तो जानकारी गराउनुभएको हो । अष्ट्रेलियन सरकारले भर्खरै विद्यार्थीहरुका लागि लागू गरेको नयाँ नियमबारे जानकारी गराउने, विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श सेवासहित छात्रवृत्तिका लागि गर्नसकिने प्रयासहरुको विषयमा जानकारी दिने साथै संस्थाले सञ्चालन गरेको ट्याक्स रिटर्न र होम लोन लगायतका सेवाका बारेमा समेत जानकारी दिने उद्देश्य राखिएको उहाँहरुले जानकारी दिनुभयो । कार्यक्रममा उक्त एजुकेशन फेयरमा पुग्ने विद्यार्थीहरुले विभिन्न सेवामा सहुलियत पाउनुका साथै विश्वविद्यालयहरुको तर्फबाट पनि आकर्षक गिफ्ट ह्याम्पर दिइने बताइएको छ । यो एजुकेशन फेयर सिड्नीस्थित एक्सपर्टको कार्यालय २६३ क्लियरेन्स स्ट्रीटको छैठौं तल्लामा सञ्चालन हुनेछ । एमएनटीभीसँग कुरा गर्दै निर्देशक बद्री अर्यालले भन्नुभयो, “अहिलेसम्म १४ वटा युनिभर्सिटीका प्रतिनिधि आउने पक्का भएको छ । हामीले सम्पूर्ण तयारी गरेका छौं । यस फेयरमा आउन चाहने विद्यार्थीहरुले हामीलाई सम्पर्क गरिरहनुभएको छ । जसका आधारमा ४ सयभन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान हामीले गरेका हौं । यदि तपाईं पनि आउन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा गएर आफुलाई चाहिएको परामर्शका विषयमा पूर्वजानकारी दिनुभयो भने हामीले अझ धेरै विद्यार्थीलाई यो अवसर जुटाउन सक्नेछौं ।” चाल्र्स स्टड युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी र होम्स ईन्ष्टिच्युटका प्रतिनिधिका साथ पत्रकार सम्मेलनमा उपस्थित अर्यालले भन्नुभयो, “नेपाली विद्यार्थीलाई धेरैभन्दा धेरै लाभान्वित बनाउने हाम्रो उद्देश्य हो ।” पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका प्रतिनिधिहरुले एक्सपर्ट भरपर्दो साझेदार भएको भन्दै यसदिन एजुकेशन फेयरमा आउने विद्यार्थीहरुलाई छात्रवृत्ति वा अन्य कुनै सहुलियत दिन आफुहरु तयार रहेको बताएका थिए ।
यो लिंकमा गएर तपाईं आफ्नो जिज्ञासाका साथै नाम लेखाउन सक्नुहुनेछ https://www.facebook.com/ExpertEducationandVisaServices/?fref=ts