सुरु भयो एनआरएन स्पोर्टस डे, भलिबल प्रतियोगितामा जलजला परिवारलाई उपाधि


jaljalaअष्ट्रेलियाको सिड्नीमा आइतबारबाट सुरु भएको स्पोर्टस डे अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फको उपाधि जलजला परिवारले जितेको छ । फाईनलमा म्याग्दी सेवा समितिलाई पराजित गर्दै उपाधि कब्जा गर्न सफल भएको हो । यसैगरी महिलातर्फको भलिबलप्रतियोगितामा पोखरा समाज विजयी बनेको छ । यसैगरी ३५ वर्ष माथिको उमेर समूहको भेट्रान्स समूहको खेलमा नेप्लीज रिक्रियसन क्लब एनआरसी विजयी बनेको छ । उपाधि विजेता टिम र खेलाडीहरुलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट जलजला परिवारका होम भण्डारी घोषित हुनुभयो भने बेष्ट लिफ्टर अफ टुर्नामेन्ट म्याग्दी सेवा समितिका खिम पुर्जा घोषित हुनुभएको थियो । यस प्रतियोगितामा बेष्ट ब्लकर जलजला परिवार म्याग्दीका खेम केसी घोषित हुनुभएको छ भने स्पाईकर्स अफ द टुर्नामेन्टको रुपमा म्याग्दी सेवा समितिका केशव पुनलाई पुरस्कृत गरिएको थियो । प्रतियागिता सिड्नीको म्यारिकभिलस्थित पिसीवाईसी क्लबमा गरिएको थियो । प्रतियोगिताकै क्रममा व्यस्त रहनुभएका एनआरएन अष्ट्रेलियाका खेल संयोजक नन्द गुरुंगले एमएनटीभीसँग कुरा गर्दै युवाहरुलाई खेलतर्फ आकर्षित गर्न पहिलो पटक एनआरएन स्पोर्टस डे आयोजना गरिएको बताउनुभयो । उहाँले अष्ट्रेलियाबाट सुरु गरिएको यस्तै खेलकुद गतिविधि अन्यत्र देशका एनआरएन एनसीसीहरुले पनि सुरुवात गर्ने अपेक्षा पनि गर्नुभयो । उहाँले प्रतियोगिताका क्रममा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिँदै आगामी ३ जुलाईबाट बास्केटबलका प्रतियोगिताहरु आयोजना गरिनेछ भने ७ अगष्टका दिन फुटबल प्रतियोगिता गरिने तय भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?