टेम्पु चालक २२ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान


crime1पैदलयात्रीलाई ठक्कर दिएर मारेको अभियोगमा कैद सजाय तोकिएका एक टेम्पु चालक २२ वर्षपछि पक्राउ परेका छन् । २०५१ साउन २३ को घटनामा दोषी ठहर भएका गणेशबहादुर तण्डुकार बुधबार पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले साउनमा बा. अ. ह. ८७७ नम्बरको टेम्पो चलाउने क्रममा तण्डुकारले चाबहिलमा पैदलयात्री राम कुमार जीवनलाई ठक्कर दिएका थिए । उपचारका क्रममा उनको २४ गते मृत्यु भएपछि तन्डुकारविरुद्ध सवारी ज्यान मुद्धा लागेको थियो । तण्डुकारलाई काठमाडौं जिल्ला अदालतले २ वर्ष कैदको फैसला गरे पनि उनी फेला परेका थिएनन् ।

सोही मुद्धामा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै २०५१ माघ १० मा कैद सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयन निर्देशनालयको सूचीमा सो फैसला कार्यान्वयन नभएको आधारमा ब्युरोको टोलीले तन्डुकारलाई पक्राउ गरी अदालतमा बुझाएको थियो । अदालतले उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?