दुर्घटनाग्रस्त इजिप्ट एयरको विमानको भग्नावशेष भूमध्यसागरमा भेटियो


Egypt_Airगत १९ मे मा दुर्घटनाग्रस्त इजिप्ट एअरको बिमानको भग्नावशेष भू मध्य सागरमा भेटिएको छ ।

फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० बिमानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त बिमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुनुको कारण भने अझैसम्म खुल्न सकेको छैन । यसअघि दुर्घटनाग्रस्त बिमानमा सवार यात्रुहरुको सामानको तस्वीर सार्वजनिक गरिएको थियो ।

दुर्घटनाग्रस्त बिमानको खोजीका लागि ग्रीस, इजिप्ट, फ्रान्स र बेलायत लगाएत थुप्रै मुलुकहका सेना तथा उद्धार टोलीहरु जुटेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?