मंगलग्रहमा भेटिएको क्रेटरको नाम लाङटाङ राखियो, भूकम्पमा ज्यान गुमाएकाको स्मरण


nasaमंगलग्रहमा पत्ता लागेको क्रेटर (ज्वालामुखीका कारण बनेको ठूलो खाडल) को नाम नेपालको एक गाउँ लाङटाङको नाममा राखिएको छ । गतवर्ष गएको विनाशकारी भूकम्पका क्रममा लाङटाङमा कम्तिमा २ सय १५ जनाको मृत्यु भएको थियो । नासाका अधिकारीहरुले मंगल ग्रहको खोजका क्रममा पत्ता लगाएको यो क्रेटरको चौडाई करिब १० किलोमिटर रहेको छ । ईन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले लाङटाङ नामाकरण गर्ने निर्णय गरेपछि यस खोजका एक अभियानकर्ता डा. डि हासले भने, हामीले हिमालय ग्लेसियरहरुको अनुसन्धान गर्दाका बखत लाङटाङमा धेरै समय बितायौं । यही ठाउँमा गएको वर्ष विनाशकारी भूकम्पले धेरैको ज्यान लियो । हामीलाई लाग्यो नयाँ क्रेटरको नाम यही ठाउँबाट राख्नुपर्दछ । यो हाम्रो ति ज्यान गुमाउने व्यक्तिहरुका निम्ति श्रद्धाञ्जली पनि हो ।
उनका अनुसार मंगल ग्रहको यो क्रेटर निकै महत्वपूर्ण छ । किनकि यसका डिलहरुमा पानी बगेको अंशहरु पनि देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?