पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा
पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले जित हात पा¥यो । पेनाल्टी सुटआउटमा पेरुका मिगुएल एन्जेलको प्रहार कोलम्बियाका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने क्रिस्टियन अल्बेर्टोको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।
फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ । यसअघि नै सेमिफाइनलमा पुगेको अमेरिकाले अर्जेन्टिना र भेनेजुएलाबीचको विजेतासँग खेल्ने छ ।