मेक्सिकोको पोस्टमा चिलीको गोल वर्षा, अर्जेन्टिनाको भेट अमेरिकासँग


Chili

डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान अमेरिकामा भएको खेलमा चिलीले मेक्सिकोलाई ७–० ले हराएको हो । समूह सीको विजेता बनेर क्वाटरफाइनलमा आएको मेक्सिको समूह डीको उपविजेता चिलीसँग हार खान बाध्य भयो ।
चिलीको जितमा एडवार्डो भारगासले चार, एडिसन पुचले दुई तथा एलेक्स सान्चेजले एक गोल गरे । १६ औं मिनेटमा पुचले गोल गर्दै चिलीलाई सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा भारगासले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा चिलीले २–० को अग्रता लियो । चिलीले दोस्रो हाफमा थप पाँच गोल ग-यो । ४९ औं मिनेटमा सान्चेजले गोल गर्दै ३–० को अग्रता दिलाए । भारगासले ५२ र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चिलीको अग्रता ५–० मा पुग्यो । त्यसपछि पनि मेक्सिकोको पोस्टमा चिलीका खेलाडीले गोल गर्ने क्रम रोकिएन । ७४ औं मिनेटमा भारगासले व्यक्तिगत चौथो तथा ८८ औं मिनेटमा पुचले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले ७–० को शानदार जित दर्ता र्गयो । चिलीले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।
Argentina

यसअघि आइतबार बिहानै भएको अर्को घरमा भेनेजुएलालाई ४–१ ले हराउँदै अर्जेन्टिना पनि सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एरिक लामेलाले एक एक गोल गरे । आठौं मिनेटमा नै हेगुइनले गोल गर्दै अर्जे्न्टिनालाई सुरुवाति अग्रता दिलाए । २८ औं मिनेटमा हेगुइनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ६० औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा सालोमोन रोनडनले भेनेजुएलाका लागि एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । तर त्यसको एक मिनेटपछि नै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को जित दिलाए । भेनेजुएला पेनाल्टीमा गोल गर्नबाट चुक्यो । अजेएन्टिना समूह चरणका सबै खेलमा जित्दै समूह डीको विजेता बनेर अन्तिम ८ मा आएको थियो । यस्तै भेनेजुएला भने समूह सीको उपविजेता बनेर क्वाटरफाइलनमा आएको हो । अर्जेन्टिनाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?