अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, १३ जना नेपाली परेको आशंका


Kabul Bus Bisfot

अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विस्फोटमा नेपाली सुरक्षागार्ड परेको आशंका गरिएको छ । एउटा मिनी बसमाथि भएको अबम आक्रमणमा नेपाली सुरक्षा गार्ड परेको आशंका गरिएको हो । स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे भएको विस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली र फिलिपिनो नागरिक रहेको बताइएको छ । उनीहरुको पहिचान हुन सकेको छैन । बसमा भएको विस्फोटमा परी २६ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एउटा सूत्रको हवाला दिँद बसमा नेपाली सुरक्षा गार्ड रहेको जनाएको छ । तर उसकै अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारी सवार भएको जनाएको छ ।
यसैबीच अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले सरकारी अधिकारीलाई उद्धृत गर्दै  १२ जना सम्म नेपाली बसमा रहेको हुनसक्ने जनाएको छ ।
विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?