जब न्यूसाउथवेल्स संसदमा पुगे उपेन्द्र यादव


upendra yadav1अष्ट्रेलियाको न्यूसाउथवेल्स संसदमा मंगलबार पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले भ्रमण गरेका छन् । आफ्नो भ्रातृ संगठन नेपाली संघीय समाजको प्रथम अधिवेशनमा भाग लिन आएका यादव यतिबेला सिड्नीमा छन् । संसद भ्रमणका क्रममा यादवले शिक्षा छायाँमन्त्री जिहाड डिप, एमपीहरु जुलिया फिन, स्टेफन काम्परसँग छलफल गरेका थिए । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, नेपालमा जारी भएको संविधान र संघीय लोकतन्त्रका साथै अष्ट्रेलियाको संसदीय अभ्यासका विषयमा कुराकानी भएको नेपाली संघीय समाजका अध्यक्ष गणेश तामांगले भन्नुभयो, यादवको भ्रमणका क्रममा संसदको बैठक चलिरहेकोले बैठक अवलोकन गर्ने र सुन्ने अवसर समेत प्राप्त भयो । ganeshभेट्ने अधिकांश सांसदहरुले नेपालमा भूकम्पग्रस्त क्षेत्रमा पुननिर्माणको अवस्था आदिका विषयमा चासो राखेका थिए । यादवका साथ गणेश तामांग, उपेन्द्र श्रेष्ठ, सुवांश साह, अरुण ठाकुर, राम सिबथुंगा राई, भद्रा वाइवा, लील गुरुंग सहितको टोली संसद भ्रमणका लागि पुगेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?