MNTV Xclusive प्रचण्डलाई अष्ट्रेलिया आउनबाट रोक्न न्यूसाउथवेल्स क्याविनेटमै उजुरी
भर्खरै एकीकरण गरेर माओवादी केन्द्र निर्माण गरेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्नुपर्ने माग गर्दै उहाँविरुद्ध न्यूसाउथवेल्स प्रिमियरसमक्ष नै उजुरी परेको पाइएको छ । प्रचण्डले बुधबार अन्तिम समयमा आएर भ्रमण स्थगित गर्ने निर्णय गरेका थिए । उनका साथमा पत्नी सीता समेत आउने कार्यक्रम तय थियो ।
एमएनटीभीलाई प्राप्त रिपोर्ट अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विरुद्ध न्यूसाउथवेल्सका प्रिमियर माईक बेयर्ड समक्ष उजुरी गरिएको थियो । नेपाली मूलका अष्ट्रेलियन नागरिकले गरेको उक्त उजुरीमा तत्कालै तदारुकता देखाउँदै न्यूसाउथवेल्स सरकारले कारवाही अघि बढाएको पाइएको छ । भ्रमण स्थगित गर्नुपर्नाको कारणका रुपमा दाहालको सचिवालयले “देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई विचार गरी अध्यक्ष क। प्रचण्डले हालको लागि अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको” जनाएको थियो । अध्यक्ष प्रचण्डको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको अवस्थामा भ्रमण स्थगित भएकोमा यसअघि नै जनप्रगतिशील मञ्च अष्ट्रेलियाले दुःख व्यक्त गरिसकेको छ भने आफ्नो तेश्रो अधिवेशन भने सुचारु गर्ने निर्णय उसले गरेको छ । प्रचण्डका विरुद्ध न्यू साउथवेल्सका प्रिमियरलाई गरिएको उजुरीमा उनकै कारण १५ हजार मानिसको ज्यान गएको, उनले यहाँ आएर पनि हत्या हिंसालाई नै बढावा दिने भन्दै १ लाख ५० हजार मानिसले जनयुद्धका क्रममा विस्थापित बनेको तथ्यांक दिइएको छ । यसैगरी अमेरिकाले तत्कालीन नेकपा माओवादीलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचिमा राखेको पनि उजुरीमा उल्लेख गरिएको छ । सिड्नीमा शनिबार आयोजना हुन लागेको जनप्रगतिशील मञ्च अष्ट्रेलियाको कार्यक्रमको पोष्टर समेत एट्याच गरेर दिइएको उजुरीमा नेपालमै पनि उनका विरुद्ध ३७ वटा मानवअधिकार उल्लंघनको विषयमा मुद्दाहरु विचाराधीन रहेको लेखिएको छ । यससँगै उजुरीमा माओवादी जनयुद्धकै कारण नेपालीहरु विदेशमा शरणार्थी हुन बाध्य भएको र खाडी मुलुकहरुमा श्रम बेच्न बाध्य बनेको पनि उल्लेख गरिएको छ । एमएनटीभीलाई प्राप्त प्रचण्डका विरुद्ध दिइएको उजुरी यस्तो थियो –
“Dear Sir/Madam,
Being a responsible citizen of Australia i would like to raise my concern and request to review visit of Mr Pushpa Kamal Dahal born Chhabilal Dahal on 11 December 1954, commonly known as Prachanda, a Nepalese politician and chairman of the Communist Party of Nepal (Maoist-Centre) [CPN(M-C)] visiting to Australia to attend a program on 25th of June 2016. He had led a guerrilla war against the government. The Department of United State had once designation of the Communist Party of Nepal (Maoist) and its aliases as a Specially Designated Global Terrorist entity under Section 411 of the USA PATRIOT ACT of 2001 (8 U.S.C. § 1182) authorised the Secretary of State, in consultation with or upon the request of the Attorney General, to designate terrorist organisations for immigration purposes. Prachanda led the CPN (M) as it launched a communist insurgency on 13 February 1996. In the ensuing civil war, More than 15,000 people were killed and an estimated 100,000 to 150,000 people were internally displaced as a result of the conflict. He is responsible for gross violations of human rights and perpetrators of conflict. There are more than 37 cases related to the decade-long armed conflict against him in the courts across the country which aren’t resolved yet. He is visiting Australia to promote extremist ideologies, advocate violence as a means to an end, or to vilify a segment of the community. Please find the attached poster of the program to be held in Sydney, NSW. Pushpa Kamal Dahal, whose nom de guerre ‘Prachanda’ once struck fear into the heart of the country’s military and political elites, appears to have adopted the lifestyle of the billionaire royals he once loathed. The home is in Kathmandu’s exclusive Lazimpat where his wealthy neighbours once lived in fear of his Maoists coming to power and seizing their property. According to his family he has rented the mansion for just over $900 per month – a vast sum in Nepal where the average salary is less than $100 per month. He has a war chest of more than a billion rupees ($10 million) and has achieved his own particular proletarian dream. Under the faith and due respect of Australia rules and regulations I would request Australian government to review his entry who has caused death and handicapped of civilians with chaos and violence resulting of thousands of civilians fleeing from Nepal and traveling to different other countries for political asylum or to work on gulf countries to survive.”
यस उजुरीमा तत्कालै प्रतिक्रिया जनाउँदै न्यू साउथवेल्सका प्रिमियर माईक बेयर्डको तर्फबाट उनका एक कर्मचारी गायल मिचेलले न्यूसाउथवेल्स प्रहरीसँग मिलेर यसका विरुद्धको कारवाही अघि बढाएका थिए । यस लगत्तै डेप्युटी प्रिमियर एवं मन्त्री (न्याय र प्रहरी) ट्रोय ग्रान्टलाई पनि खबर गरिएको र अष्ट्रेलियामा प्रवेशाज्ञाको विषय केन्द्रीय सरकार मातहत पर्ने भएकोले केन्द्रीय सरकारलाई पत्राचार गरिएको व्यहोरा पनि उल्लेख छ ।
जनप्रगतिशील मञ्च अष्ट्रेलियाका संयोजक माण्डवराज कार्कीसँग हामीले यस विषयमा प्रतिक्रिया मागेका थियौं । के कारण अन्तिम समयमा भ्रमण स्थगित भएको हो ? उनले भने, “प्रधानमन्त्रीले नै नजानु भनेपछि हाम्रो अध्यक्ष नआउनुभएको हो । त्यसभन्दा भित्री कुराहरुको जानकारी भने हामीलाई छैन । मेरो लागि पनि यो नयाँ विषय हो । प्रतिपक्षी दलका नेता देउवा र प्रधानमन्त्रीले नै अहिलेको समयमा तपाईं बाहिर जाँदा गलत मेसेज जान्छ भनेपछि अन्तिम समयमा रोकिएको मलाई थाहा छ । अरु बुझ्नुपर्छ ।”
पूर्वप्रधानमन्त्री प्रचण्डको भ्रमण र यहाँको राजनीतिक भेटघाटका लागि पहल गरिरहनुभएका नेपाली दूतावास क्यानबेराका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डेले एमएनटीभीसँग भन्नुभयो, “यहाँको चुनावका कारण उच्चतहको भेटघाट भने मिलाउन सकिएन । त्यसका कारण भ्रमणका लागि त्यती उत्साही नभएको हुनसक्छ ।”