आफ्नै सामूदायिक केन्द्र बनाउन भिक्टोरियावासी नेपाली जुट्दै, फन्डरेजिङ डिनर आयोजना


fund raiserअष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको आफ्नै सामूदायिक केन्द्र  बनाउने योजनालाई मूर्तरुप दिने प्रयासहरुलाई तिव्रता दिइएको छ । आज साँझ सांस्कृतिक कार्यक्रमसहितको गाला डिनर आयोजना गरेर यस योजनालाई आर्थिक संकलन गरिने भएको छ । नेपालको मौलिक कला, संस्कृति झल्कने किसिमले निर्माण गरिने यो सामूदायिक भवनको विस्तृत योजना समेत आजै सार्वजनिक गर्ने तयारी भएको छ । स्थानीय ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजना गरिने डिनर कार्यक्रममा सहभागिताको लागि समूदायलाई आह्वान गरिएको छ । यस परियोजनाका संयोजक रञ्जन वैद्य हुनुहुन्छ भने भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालय, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, एनआरएनए र अष्ट्रेलियन नेप्लीज मेडिकल डक्टर्स एशोसिएसनले सहकार्य गरेका छन् । यो कसको लागि भन्ने भन्दा पनि यहाँ बसोबास गर्ने सबै नेपालीको गौरवको विषय भएको संयोजक वैद्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?