ईयूबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्सबीच एक मत


holyrood_gettyयूरोपियन यूनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् । जर्मन चान्सलर एञ्गेला मर्केल र फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पूरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुँदा खतरा बढ्ने चेतावनी दिनु भएको छ । दुई नेताबीच ईयूबाट ब्रिटेन अलग्गिएपछिको कूटनीतिक गतिविधिबारे बर्लिनमा छलफल हुँदैछ ।

यसैबीच स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ब्रिटेनले ईयू त्याग्ने निर्णयमाथि स्कटिस संसदले भिटो प्रयोग गर्न सक्ने बताउनु भएको छ । उहाँले संसदले पनि यस निर्णयलाई स्वीकृति दिनुपर्ने भन्नु भएको छ । तर स्कटल्याण्डमा ६२ प्रतिशत मतदाताले ईयूमै रहनु पर्ने पक्षमा मत दिएका थिए । यता अमेरिकी विदेशमन्त्री जोन केरी पनि छलफलका लागि लण्डन र ब्रसेल्स् पुग्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने ब्रिटेनको निर्णयपछि पनि दुई मुलुकबीचको सम्बन्ध विशेष रहिरहने बताइ सक्नुभएको छ । यता ईयू ब्रिटेनबाट अलग्गिने निर्णयपछि खस्किएको पाउण्डको मूल्यमा सोमबार पनि गिरावट कामयै छ । ईयूका विभिन्न विदेश मन्त्रीले ब्रिटेनलाई ईयूबाट अलग्गिने प्रक्रिया छिटो लाग्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?