अफगानिस्तानको काबुल बाहिर भएको आत्मघाती विस्फोटमा ३० जनाको मृत्यु


Afgastanअफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

काबुलभन्दा केही किलोमिटर टाढा बारदाक प्रान्तमा रहेको प्रहरी प्रतिष्ठान केन्द्रका सुरक्षाकर्मी चढेको बसमा एकैचोटी गराइएको दुईओटा आत्मघाती विस्फोटमा उनीहरु मारिएका हुन् ।

उनीहरु काबुलतर्फ जाँदै थिए । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् ।

गत हप्तामात्र काबुलमा भएको तालिबानको आक्रमणमा क्यानेडेली दूतावासमा कार्यरत् नेपाली सुरक्षागार्डसहित १४ जना मारिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?