पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल युरोकपको सेमिफाइनलमा प्रवेश


FBL-EURO-2016-MATCH45-POL-PORपोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको पहिलो क्वार्टरफाइनलमा पोल्यान्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो मिनेटमै पोल्यान्डका रोर्बट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा दुवै टोलीका तर्फबाट कुनै गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको ३० मिनेटभित्र  पनि  दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टी सुटआउटमा भने पोर्चुगलले ५–३ ले पोल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय ग-यो । खेलको म्यान अफ दि म्याच पोर्चुगलका रेनिटो सान्चेस भए ।

सेमिफाइनलमा पोर्चुगलले शुक्रबार राति हुने बेल्जियम र वेल्समध्येको खेलको विजेतासँग खेल्ने छ । पोर्चुगल युरोकपको सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?